यही मङसिर २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘दुई कदम’ ले चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ। सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो । पिजी सर्टिफिकेट पाएसङै अब यो फिल्म १६ बर्ष माथीका दर्शकले मात्र हेर्न पाउने भएकाछन । हेर्न चाहने दर्शकले आफ्नो अभिभावक सँग बसेर हेर्नु पर्नेछ । अहिलेका युवा पुस्ताको प्रेम सम्बन्ध देखाउने कथा बोकेको ‘दुई कदम’ को ट्रेलर रिलिज भएको छ । यही मङसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुइ कदम’ को टिजर, र दुई वटा गीतहरु यस अघीनै रिलिज भैसकेकाछन । रिलिज मिती नजिकिदै गर्दा फिल्मको ट्रेलर रिलिज भएको हो । रिलिज ट्रेलरमा पुर्व नेपालको लिम्बु समुदायको एक युवा र आर्यन समुदायकी युवतीको कथालाई प्रस्तुत गर्न खोजिएको छ । अहिलेको जमनाका युवायुवतीहरुको एक अर्का प्रतीको प्रेम आकर्षणलाई निर्देशकले गज्जबले प्रस्तुत गरेकाछन ।

उदय सुब्बा निर्देशित सिनेमामा वर्षा र इओनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ ।अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा तारा देवी लिम्बुको लगानी रहेको छ । सिनेमामा सिनेमाको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् । सिनेमाको छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन फिल्ममा रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।