चकलेटी हिरो नामले परिचित तीन हिरोहरु अब एउटै पर्दामा देखिने भएकाछन । यी तिन चकलेटी हिरोहरु आर्यन सिग्देल, पल शाह र प्रदीप खडकालाई एउटै फ्रेममा देख्ने दर्शकहरुको चाहनालाई अब फिल्म का निर्माता तथा संगीतकार सुभाष भुषाल र निर्देशक दिनेश राउतले पुरा गर्दैछन । यी तीन नायकहरु बिकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन र सुभाष भुषालको निर्माण रहने फिल्म ‘पुजार सार्की’ मा एक साथ काम गर्दैछन । फिल्मका लेखक विकास सुवेदीसँग निर्देशक राउत र प्रदीपले यसअघि ‘प्रकाश’मा सहकार्य गरिसकेकाछन । आगामी माघ पहिलो हप्ताबाट छायांकन सुरु हुन लागेको फिल्मका लागि अभिनेत्रीको टुंगो लाग्न बाँकी छ । फिल्म को नामलाई लिएर धेरैको कौतुहलता भएपनी एक कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर सिनेमा बन्ने निर्माण टिमको दावी छ ।