नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास बोल्ने नेपाली चलचित्र “यो मन त मेरो नेपाली हो” को छायांकन दमक बाट सुरु भएको छ । दमकको पशुपतिनाथ मन्दिरमा आज सोमबार पुजा गरेर शुभमुर्हत सगै चलचित्रको छायांकन सुरु गरिएको छ ।पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने निर्माण टिमले जनाएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गर्नु भएको यस चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए । यस फिल्मको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी , नारायण खाती आदिको अभिनय रहने छ ।
फिल्मको पहिलो छायाँङ्कन झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ ।यस फिल्ममा अध्ययन अनुसन्धान बढि गर्नुपर्ने भएको हुदा निर्माणमा बढिसमय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ ।चलचित्र “यो मन त मेरो नेपाली हो”मा अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषि अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुटान, म्यानमार, भारतसम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फिल्मले बोल्दछ ।फिल्म विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताए ।