Wednesday, March 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

परदेशी -२ सफलताका साथ दोस्रो हप्तामा प्रदर्शन

दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको परदेशी -२ ले पहिलो हप्तामा आक्रमक ब्यापार गर्दै दोस्रो हप्तामा प्रबेश गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक ३ गते १६:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
परदेशी -२ सफलताका साथ दोस्रो हप्तामा प्रदर्शन
69
SHARES
Share on FacebookShare on Twitter

दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको परदेशी -२ ले पहिलो हप्तामा आक्रमक ब्यापार गर्दै दोस्रो हप्तामा प्रबेश गरेको छ । सुरुवाती दिनमा औसत व्यापार गरेको सिनेमाले विकडेजबाट राम्रो पिकअप लिदै आज शुक्रबार दोस्रो हप्तामा प्रबेश गरेको हो । दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रह्यो । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् । अधिकांश दर्शक चलचित्र हेरेर निस्किँदा भावुक देखिएका थिए । उनीहरुले चलचित्रले घरी हँसाउँने, घरी रुवाउँने र धेरै दृश्यमा गम्भीर समेत बनाउने बताएका छन् ।चलचित्र हेर्न पुगेकामध्ये कोही एक्लै समेत देखिएका थिए भने कोही साथीभाई र परिवारसहित हल पुगेर चलचित्र हेरेका थिए ।पहिलो हप्ता दर्शकबाट अपार माया पाएको सिनेमाले दोस्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।


दोस्रो हप्तामा प्रबेश गर्दा फिल्मले पहिलो हप्ता बक्सअफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ । पश्चिम नेपालका हलहरुमा हाउसफुलका साथ प्रदर्शन भएको फिल्मले पुर्वका हलहरुमा पनि दर्शकको साथ पाएको छ । प्रदर्शनको पहिलो दिन निराश जनक व्यापार गरेको फिल्मले वर्ड अफ माउथकै कारण राम्रो ब्यापार गरेको QFX बिर्तामोडका म्यानेजर केदार बस्नेत ले बताए । पश्चिम नेपालका दर्शकहरुले फिल्म अत्यधिक रुचाए त्यो तुलनामा पुर्वामा नचलेको बस्नेतले स्विकारे । पुर्वी नेपाल र पस्चिम नेपालमा हलमा फिल्म हेरेर निस्कने दर्शकको आँखा रसाएका दृश्य समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले पनि सिनेमा सफलताको बाटोमा हिडेको मन्न सकिन्छ । चलचित्रमा प्रकाश सपुत , केकी र अधिकारी वर्षा शिवाकोटीका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् ।

ADVERTISEMENT
Previous Post

बाँसका चेफा डोर्याउनेको कथा ‘द जर्नी अफ डेथ’ निर्माण

Next Post

धरानमा प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ २४ सै घण्टा परिचालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist