कलाकार रितेश जङ पौडेल खत्री अब निर्माता बनेकाछन । उनले आफ्नै कथा र निर्माणमा छोटो सिनेमा ‘द जर्नी अफ डेथ’ निर्माण गरेका छन । बिहीवार इटहरीमा संचारकर्मीहरु सँग दसैं तिहारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर ‘द जर्नी अफ डेथ’ को छायांकन सकिएको खत्रीले जानकारी दिए । उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका कोशी गडतिरका गाउँहरुबाट हिउँदमा नदीमाथि बाँस बगाएर तराई झार्नेहरुको कथालाई पर्दामा उतारिएको खत्रीले बताए । उदयपुर,धनकुटा, भोजपुर र खोटाङका पहाडी भेगका युवाहरुको कोसीमा बाँसका चेफासँगै बग्दै-बग्दै नदीको एउटा जोखिमपूर्ण यात्राको कथा लाई ‘द जर्नी अफ डेथ’ मा जस्ताको तस्तै उतार्न कोशीस गरिएको खत्रीको दावी छ ।
चलचित्र पत्रकार तथा सफल चलचित्र ‘पुरानो बुलेट’ निर्देशक भीषणको पटकथा तथा निर्देशन रहेको ‘द जर्नी अफ डेथ’ मा रितेशका अलवा उनकै छोरी बाल कलाकार कृष्टिणा पौडेल र दिपा पोख्रेलको बिशेष अभिनय रहेको छ । कोशीमा चेफा सँग यात्रा गर्नु मृत्युको यात्रा गर्नु सरह हो । आफ्नै आँखाको अगाडी यस्तो वाध्यत्मक चेफा यात्रा धेरै पटक देखेको छु, शो बाध्यात्मक वास्तबिक घटनालाई पर्दामा उतार्ने हाम्रो प्रयास हो निर्देशक राइले भने । आफ्नो ज्यान जोखिममा राखेर कोशी हुँदै बाँस ढुवानी गरेर दक्षिणी तराईमा बेचिरहेका एक युवाको साहसिक नदी यात्रा, संघर्षको कथानै ‘द जर्नी अफ डेथ’ भएको निर्देशक राइको दावी छ । ४ दिन लगाएर छायांकन गरिएको ‘द जर्नी अफ डेथ’ को २५ मिनेटको हुने र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाउने उद्देश्य सहित निर्माण गरिएको ‘द जर्नी अफ डेथ’ हेमन योन्जन तामाङले खिचेका हुन् । ‘द जर्नी अफ डेथ’ को चाडैनै सम्पादनको कार्य सम्पन्न गर्ने निर्माण टिमले जनाएको छ ।