यस बर्षकै बहुप्रतिक्षित चलचित्र नाङगो गाउको पहिलो गीत रिलिज भएको छ । समिक्षक तथा सफल निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र ‘नांगो गाउँ’को स्टार कास्ट र यस अघी रिलिज भएको टिजरकै कारण दर्शकको प्रतिक्षित फिल्म बनेको छ । फिल्मको पहिलो गीत आज रिलिज भएको छ । भोइस अफ नेपाल बिजेता किरण गजमेरको आवाज रहेको गीतलाई राजेश अर्यालले लेखेका हुन भने एस डी योगीको संगीत रहेको छ । गीत को म्युजिक भिडियो बुढासुब्बा म्युजिकको अफिसियल युट्युब च्यानल बाट रिलीज गरिएको छ । चर्चित कोरियोग्राफर रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतमा कर्मा शाक्य र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचर छन । भिडियोमा कर्माले साम्राज्ञीलाई मायामा पहिलो नम्बर बनाइ दिन आग्रह गरेकाछन ।
यही भदौ २९ गते देशभर प्रदर्शनको तयारी रहेको नाङ्गो गाउको बिदेश प्रदर्शनको लागी पनि बिभिन्न देशमा महङ्गो मुल्यमा बिकी सकेको छ् । फिल्ममा अहिलेका हिट जोडीको रुपमा देखिएका दयाहाङ राई र मिरुना मगरको संगै कर्मा शाक्य, साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिकामा रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका हुन्। फिल्मलाई चर्चित छायाकार आलोक शुक्लाले खिचेका हुन ।