पूर्वको गाउघर लिम्बु समुदायको टिपिकल प्रेमकथालाई टपक्क टिपेर निर्माण गरिएको नेपाली कथानक चलचित्र ‘लुङा’ शुक्रबारबाट रिलिज भएकोछ । देशभरका थुप्रै सिनेमा हलहरुमा एकसाथ रिलिज भएको ‘लुङा’ लाई धरानका दर्शक हरुले रुचाएका छन । धरान स्थित फ्रेण्ड्स सिनेमा हलमा पहिलो शो हेर्न पुगेका दर्शकले ‘लुङा’ आफ्नै गाउघरको कथा भएकोले हेर्दा आनन्द आएको बताए । केहीमहिना अगाडी जारी हेरेका अधिकांश दर्शकले जारीकै झै कथा लागेको बताए । ‘लुङा’ को ट्रेलर र गीतले आफुलाई हल सम्म तानेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रिय अध्यक्ष नविन मेन्याङवोले बताए । फिल्मको पहिलो हाफ स्लो भएपनी दोस्रो हाफले दर्शकलाई बाधेर राखेको मेन्याङ्वोको भनाइ छ । फिल्म हेरेर निस्केका केही दर्शकले फिल्म हेरिरहदा आफ्नो गाउनै पुगेको र आफ्नै कथा भनेको फिल भएको बताए । फिल्मको पहिलो शो हेर्न पुर्वका कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । फिल्म हेरिसकेपछी पुर्वका कलाकारहरुले माटो सुहाउदो फिल्म बनेको प्रतिकृया दिए । फिल्म हेर्न कलाकार तथा निर्देशक बिजय सुब्बा, कलाकार तथा निर्माता नबिन मेन्याङ्वो , कलाकार रितेश जङ्गखत्री, निर्देशक भीषण राई,पुर्वाञ्चल इन्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका प्रमुख रोनिश राउत लगायतको उपस्थित रहेको थियो ।
एक अर्काको आकर्षण, प्रेम अनी विवाहमा आउने पारिवारिक झमेलाको कथालाई निर्देशकले गज्जवले प्रस्तुत गरेका छन । पछील्लो समय टिपिकल नेपाली चलचित्र मन पराउने दर्शकहरु बढेकोले अहिलेको पुस्ताले ‘लुङा’ मन पराउनेमा आफु ढुक्क रहेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताए । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘लुङा’का निर्माता सन्जिब राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल रमनिशा पाठकरमेनुका घिमिरे रकैलाश राई रटि आर साम्सोहाङ सहनिर्माता हुन । पुर्वका बिभिन्न रमणिय स्थलहरुमा छायांकन गरिएको ‘लुङा’मा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भिम सेरमा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम,सुदिप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ। ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत,राजेश पायल राई,मेलिना राई,रचना रिमाल,आयुश प्रधान,निमा तामाङको गायन,सागर अर्यालको ध्वनि संयोजन,मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन, पृष्ठभुमि संगीत शैलेन्द्र बाबु प्रधानको,निर्माण नियन्त्रक प्रयास घिमिरे, कलर अनिल राना,कला निर्देशन बिमल लिम्बू र निशान लुइँटेलको रहेको छ। भुवन सिंह राईले लेखेको कथालाइ भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा सम्बाद लेखेका हुन्।