बर्ष २०८० कै सफल चलचित्र ‘जारी’ ले प्रदर्शनको १०० दिन मनाएकोछ । शनिवार राजाधानीमा टिमले १०० दिन सम्म सफलता साथ प्रदर्शन भएकोको सफलता मनाउदै केक काटेर खुशीयाली मनाएकोछ । १०० दिन सम्म सफलता पुर्वक प्रदर्शन को खुशीयाली मनाउन फिल्म का मुख्यकलाकार हरु दयाहाङ् राई, मिरुना मगर, लेखक निर्देशक उपेन्द्र सुब्बा, नायिका उपसना सिंह ठकुरी , कलाकार तथा लेखक खगेन्द्र लामिछाने ,लगायतको उपस्थिती रहेको थियो ।
यसै क्रममा जारी ले १०० दिन मनाएको खुशीयालीमा धरान स्थित फ्रेण्ड्स सिनेमाले ‘जारी’ हेर्न आउने दर्शकलाई रु १०० मा नै फिल्म हेराउने अफर दिएको छ । पछील्लो समय ‘जारी’ ले धरानमा धराने जनताले अत्यधिक रुचाएका थिए । ‘जारी’ ले ५१ औ दिन पनि धरानमै मनाएको थियो । हाल १०० दिन पुगेको अवसरमा ‘जारी’ हेर्न छुटेका दर्शकलाई उपहार स्वरुप रु १०० मा फिल्म देखाइएको ‘फ्रेण्ड्स सिनेमा’ धरानका म्यानेजर सन्देश घिमिरेले जानकारी दिए । बासुरी फिल्म्स ब्यानरमा कबड्डी फेम्ड निर्देशक राम बाबु गुरुङले निर्माण गरेको ‘जारी’ मा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको छ । ‘जारी’ मा दयाहाङ र मिरुनासँगै विजय बराल, प्रेम सुब्बा , मनिता जैका बान्तवा , रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।