रक गायक तथा अभिनेता रविन तामाङको निधन भएकोछ । तामाङ उनको काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–५ विष्णुमती चिस्यानीस्थित आफ्नै घरमा मृत भेटिएकाहुन । बारम्बार फोन नआएपछि प्रहरीले उनको निवासमा पुगेर घरको दोस्रो तलामा रहेको सुत्ने कोठाको भुइँमा सुतिरहेको अवस्थामा फेला पारेको बूढानीलकण्ठ प्रहरी महाशाखाका प्रहरी निरीक्षक दीपेन्द्र चन्दले बताए । नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुज (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ ।