बैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘जारी’ पाइरेसीको सिकार भएको छ । ट्रेलर रिलीज भए देखिनै दर्शकको प्रतिक्षा रहेको चलचित्र ‘जारी’ रिलिज भएदेखी यता पाइरेशीको शिकार बनेकोछ । हाउसफुलका साथ प्रदर्शनमा आएको ‘जारी’ हेर्ने दर्शकले हलभित्रबाट भिडियो क्लिप खिचेर टिकटक , फेसबुक, युटुब जस्ता सामाजिक सन्जालमा अपलोड गर्न थालेपछी निर्माण टिमले साइवर ब्युरोमा उजुरी हालेकोछ । उजुरिमा ३२ वटा सामाजिक सन्जाल विरुद्ध जाहेरी दिएकोछ ।

हलमा खिचेर ती एकाउन्टबाट फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् । अहिले सामाजिक सञ्जालमा यो फिल्मका दृश्यहरु छ्याप्छ्याप्ती हालिएको छ । निर्माता मणिराम पोखरेलले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिंदै पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।