नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार काठमाण्डौमा सम्पन्न ९ औं महाधिवेशनबाट निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला विजयी भएका हुन । कूल खसेको ४ सय ६८ मतबाट अध्यक्षमा विजयी मोहनको पक्षमा २३५ मत खस्दा रेजिनाले २०९ मत प्राप्त गरेकी थिइन् । त्यस्तै, महासचिवमा अभिनेता सविन श्रेष्ठ र उपाध्यक्षमा कविता गेलाल विजयी भएका छन्, भने र्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका हुन ।

सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवालले विजयी हासिल गर्दा सहकोषाध्यक्ष पदमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् । पदाधिकारीमा निर्वाचित हुनेमा रेजिना प्यानलका बैरागीबाहेक अरु सबै निरौला प्यानलका हुन् । सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।