हिजोबाट सुरु भएको हावाहुरी र चट्याङको जोखिम केही दिन सम्मा रहने भएको छ । हावाहुरीसँगै चट्याङको क्रम बढ्ने भएकाले अबका केही दिन सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ। जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताउनुभयो। उहाँका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन्।मनसुनपूर्वको अत्यधिक दृश्य सूचकका रूपमा मेघ गर्जने, हावा चल्ने र चट्याङ पर्दा त्यसप्रति सजग भइएन भने मानिसको ज्यान जाने सम्भावना हुन्छ। बर्खे खेतबालीको तयारीको समय भएकाले प्रायः किसान परिवार खेतबारीमा रहने भएकाले सचेत रहन आग्रह गर्नु भयो ।