गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘फुलबारी’ प्रदर्शनको दोस्रो दिनबाट सुखद कमाई गरिरहेको छ । मोफसलमा नेपाली चलचित्रको राम्रो ब्यापार हुने स्टेशनको रुपमा परिचित बिर्तामोड दमक ,इटहरी , बिराटनगर र धरानका सबैहलहरुमा अत्याधिक सो पाएसङै दर्शकको पहिलो रोजाईमा पर्दै आएको छ । फुलबारी संगै रिलिज भएको हिन्दि र अङग्रेजी चलचित्रलाई पनि पछि पारेको क्फ्क्स सिनेमा बिर्तामोडका म्यानेजर केदार बस्नेतले जानकारी दिए । उनका अनुसार बलियो ‘वर्ड अफ माउथ’का कारण हलहरुमा दैनिकरुपमा दर्शकहरुको चाप बढीरहेकोछ । रिलिजको दिन ठिक ठाक सो पाएको फिल्मले दोसो हप्ता लाग्ने बेला आईपुग्दा उच्च शो पाए संगै दर्शकको पनि साथ पाएको बस्नेत बताउछन । ‘वर्ड अफ माउथ’ पब्लिसिटीकै कारण हलमा दर्शकको डिमाण्ड बढेकै कारण उच्च शो दिएको बस्नेत बताउछन ।
राती ८ बजेको शो , QFX सिनेमा बिर्तामोड
बुकिङको मामालामा कमजोर देखिएपनि शुक्रबारबाट भने दर्शकको चाप बढेको थियो । शनिबार , आइतबार पनि बिदा रहेकाले फिल्मको अकुपेन्सी उच्च रहेको थियो । कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको ‘फुलबारी’ पुर्वको पहाडकी रानी भनेर चिनिने ईलामको मनोरम स्थानहरुमा छायांकन गरिएको छ । समाजका घटेका कथा बस्तुलाई टपक्क टिपेर सरल कथामा फिल्म निर्देशन गर्न माहिर गुरुङले फुलबारीमा पनि आफ्नो कौशलता प्रस्तुत गरेर फेरि पनि दर्शको मन जित्न सफल भएका छन । फिल्म भित्र रहेका आर्गनिक संम्बाद , गाउले रहन शहनका बोलिचालीले गर्दा हलमा हेर्ने दर्शकले सामाजिक संजालमा खुलेरै पोस्ट गरेकाछन । बिपिन कार्की र दयाहाङ राइको जीवन्त अभिनयले जो कसैलाई पनि मोहित तुल्याएकोछ । फिल्मका स साना संम्बादका टुक्राहरु सामाजिक संजाल फेसबुक , टिकटकहरुमा अपलोड गरेका कारणपनी हल सम्मा दर्शकहरु तानिएका छन । सामाजिक पारिवारिक कथावस्तुमा बनेको फुलबारीमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ, गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको अभिनय छ ।