जेबी टुहुरे फाउण्डेशन को आयोजना र राष्ट्रिय युवा परिषदको सहकार्यमा मोरङको मधुमल्लामा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा परामर्श शिविर सेवा सम्पन्न भएकोछ । स्वास्थ्य शिबिरमा ११० जनाले स्वास्थ्य शिबिरमा सहभागी भएर बिशेषज्ञ चिकित्सकहरुद्वारा निशुल्क चेकजाच गरिएको थियो । मधुमल्ला स्थित मधुमल्ला अस्पातलमा आयोजित एकदिने स्वास्थ्य शिविरमा मृगौला , प्रेसर सुगर रोगीहरुको पिसाब तथा रगत चेकजाच गराएर लाभान्वित भएको आयोजक जेबी टुहुरे फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिएकिछिन । शिविरमा मधुमला अस्पातलका प्रमुख डाक्टर सरोज मण्डल ,डाक्टर अनुपम घिमिरे ,डाक्टर सलव सापकोटा ,डाक्टर अनिल ,हेल्थ असिस्टेन्ट डाक्टर बिरेन्द्र दुलाल र नर्स बबिता ले बिरामीहरुलाई सेवा प्रदान गरेका थिए ।
निशुल्क स्वास्थ्य शिबिरलाई दमक अस्पातलका डाक्टर अनुपम घिमिरेले स्थानिय संयोजन गरेका थिए । शिबिर संगै स्वास्थ्य शिक्षा कार्यक्रम पनि आयोजना गरिएको थियो । स्वास्थ्य शिक्षामा यौन तथा दुर्व्यशनी बिरुद्द युवा शिक्षा कार्यक्रम आयोजना गरिएको थियो । जेबी टुहुरे फाउण्डेशन पछील्लो समय बिभिन्न सामाजिक कार्यमा प्रत्यक्ष रुपमा निरन्तर लागिपरेकोछ । कार्यक्रम सफल बनाउन मिक्लाजुङ गाउपालिकाका उप प्रमुख दिनेश पौडेल , युथ लिडरहरु बन्दना कटेल , अस्मी खडगी , अरुण खडगी , सन्ध्या खडगी , राजेश थापा तथा भुवन परियाले प्रत्यक्ष भूमिका खेलेका थिए । शिविर सम्पन्न गर्न भूमिका खेल्ने सबैलाई आयोजकको तर्फबाट धन्यवादको प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।