Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

२१५० औँ ग्याल्पो ल्होसार धरानमा पनि मनाइयो

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन ९ गते १५:३९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
२१५० औँ ग्याल्पो ल्होसार धरानमा पनि मनाइयो
63
SHARES
Share on FacebookShare on Twitter

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन बौद्ध धर्मावलम्बी शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्ष धरानमा पनि मनाइएकोछ । श्री हिमाली सिङ्सावा भोटिया समाज गुम्बा धरान १५ ले शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । धरान उप महानगरपालिकाका उप – मेयर अइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शुभकामना संगै धरान १५ मा निर्माणधिन श्री हिमाली सिङ्सावा भोटिया समाज गुम्बा निर्माणमा सहयोग पुर्याएका जनप्रतिनिधिहरु लाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा १ नम्बर प्रदेश सरकारका निवर्तमान सांसद उमिता बराइली , धरान १५ का वडाध्यक्ष नरेश इवारम , धरान ३ का वडाध्यक्ष विद्या शाक्य, व्यावसायी श्याम सोनी, समाजसेवी महेश लिङ्देन रहेका छन । सम्मानितहरुलाई प्रमुख अतिथी अइन्द्र विक्रम बेघा , भोटिया समाजका अध्यक्ष बम्बु भोटेले संयुक्त रुपमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

गुम्बा निर्माणका लागि निवर्तमान सांसद उमिता बराइलीको पहलमा प्रदेश १ सरकारले ५ लाख रुपैयाँ , निवर्तमान संघीय सांसद जयकुमार राईको पहलमा सङ्घीय सरकारबाट १० लाख रुपैयाँ र धरानका उपमेयर अइन्द्रविक्रम बेघाको पहलमा सङ्घीय पर्यटन मन्त्रालयबाट ३० लाख रुपैयाँ विनियोजन भएको श्री हिमाली सिङ्सावा भोटिया समाजका उपाध्यक्ष मिङ्मा भोटेले जानकारी दिए । भोटिया समाज गुम्बा धरान १५ स्थित बगरकोटमा रहेको छ । २०७२ मा स्थापना भएको गुम्बाको ६५ प्रतिशत काम सम्पन्न भएको भोटेले जानकारी दिए । उनका अनुसार स्थानीय समाजसेवीहरुको समेत आर्थिक सहयोग रहेको कारण निर्माण कार्य अगाडी बढीरहेको बताए । कार्यक्रमका प्रमुख अतिथी अइन्द्र बिक्रम बेघाले धरान बिबिध जातिहरुको सँगम स्थल रहेकोले धरानमा रहेका सबै जाती समुदायको कला संस्कति र भाषा संरक्षण गर्नु नगरको दायित्व भएकोले उपमहानगरपालिकाले समेत बजेट विनियोजन गर्ने उपमेयर बेघाले प्रतिबद्धता जनाए ।


ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।मुसाबाट सुरु हुने वर्ष बराह वर्षमा पुगेर सकिन्छ । आजदेखि बाघ वर्ष समाप्त भएर खरायोको वर्ष सुरु भएको छ । ग्याल्पो ल्होसार मनाउनेले ल्होसार सुरु हुनु पूर्व एक महिना अगाडि नै शुभ साइत हेरेर ल्होसारको सगुनको लागि चाहिने जाँड (सगुन) पकाउने चलन छ । त्यसैगरी १५ दिन अगाडि सानो गमलामा नयाँ पालुवाका लागि गहुँ, जौ, मकै, उवा आदिको बिउँ राखेर च्याङमा अर्थात् जमरा उमारिन्छ ।
यसरी उम्रेको नयाँ पालुवालाई ल्होसारको दिन नयाँ सालको नयाँ बालीको रूपमा पूजाकोठामा राखिन्छ । यसका साथै घर गुम्बा, तीर्थस्थल र चौतारा सफासुग्घर गरेर रङरोगन गर्ने, घर र अग्ला डाँडामा ध्वजापताका टाङ्ने गरिन्छ ।

Previous Post

सबै बिधा अटाएको इनरुवा चलचित्र महोत्सब – २०७९

Next Post

पूर्वमा ‘फुलबारी’ क्रेज , हिन्दि र अङग्रेजी फिल्मलाई पछी पार्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist