चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको ८ औं अधिवेशनले ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको शुक्रबार भएको ८ औं अधिवेशनले चितवनको अध्यक्षमा चितवन पोष्ट दैनिकका प्रवन्ध निर्देशक गोविन्द अर्याल सर्वसम्मत चयन भएका छन् । यसैगरी समितिको उपाध्यक्षमा सागर ढुंगाना, सचिवमा रविन सुवेदी, सहसचिवमा आयुष न्यौपाने, कोषाध्यक्षमा सुशिल पन्त क्षेत्री चयन भएका छन् ।

यस्तै सदस्यहरुमा मणिराज अधिकारी, प्रेम प्रसाद सापकोटा, सुरज परियार, हिरालाल आचार्य, बन्दना देपकोटा र युवराज शर्मा चयन भएका छन् । यस्तै अधिवेशनले सन्तोष बस्ताकोटी र राजकुमार देउजालाई केन्द्रिय प्रतिनिधि चयन गरेको निर्वतमान अध्यक्ष रवि अधिकारीले जानकारी दिए । केन्द्रिय प्रतिनिधि देउजा कपुरबोटकर्मी हुन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।