मोफसलकै सबैभन्दा पुरानो अनी प्रतिष्ठित गोल्ड कप, अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताले यस वर्ष २५ औं संस्करण पुरा गर्दै रजत उत्सव मनाउदै छ । माघ १९ गतेबाट संचालन हुने प्रतियोगीताको २५ औ संस्करणको साक्षी बन्न धरान रङ्गशालामा भोली माघ १९ गते शनिबार हजारौ दर्शक तथा सयौ अतिथिहरु उपस्थित हुँदैछन । 
धरानले भोली फुटबलको उत्सव मनाउदै छ । नेपालमा हुने वार्षिक अन्तर्राष्ट्रिय क्लब स्तरको नकआउट फुटबल प्रतियोगीताहरु मध्ये पुरानो अनी सबैभन्दा उत्कृष्ट मानिएको बुढासुब्बा गोल्डकप को २५ औ संस्करणको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौ र नेपाल पुलिस क्लब खेल्दैछन् ।

प्रतियोगितामा भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेतको सहभागी हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन् । उद्घाटन समारोहमा विद्यालयहरुको मार्च पास, ८० जनाको समुहको विशेष नृत्य र ५ पाउण्डको केक काट्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिए । चर्च माघ १९ गतेदेखि २६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता चल्नेछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।