केही दिन अगाडी एक मिडियामा आएको न्युजको खण्डन गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वरेक्टर एवं हाडजोर्नी बिशेषज्ञ प्रा.डा.गुरु खनाल मिडियामा आएकाछन । आइतबार प्रतिष्ठानको एकेडेमिक हलमा पत्रकार सम्मेलन गर्दै डाक्टर खनालले आफ्नो चरित्र हत्या गर्नलाई प्रतिष्ठानको हित नचाहने बर्बादी चाहने तत्वहरु लागीपरेको भन्दै यस्तो कुर्कर्म गर्नेहरुको बिरुद्दमा आफु कानुनी प्रकृयामा गैसकेको जानकारी दिए । केहीदिन अघी धरानकै एक मिडियाले ‘एसएलसी फेल खनाललाई बिपी प्रतिष्ठानको उपकुलपति बनाउने तयारी !’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त्त समाचारलाई लिएर आफन्त साथीभाइ, परिवारमा आफुमा निकै मानसिक तनाब भएकोले उक्त्त समाचार प्रायोजित र तथ्यहिन भएको प्रमाणित गर्न आफु आफ्नो सक्कली शैक्षिक प्रमाणपत्र हरु सहित पत्रकार सम्मेलन गर्नुपरेको खनालले बताए ।
उनले आफुले २०३८ सालमा ‘एसएलसी दिएको र आफु अङग्रेजी बिषयमा अनुतिर्ण भएको स्विकार्दै,त्यसपछी पुरक परिक्षा दिएर उत्तिर्ण भई २०४२-४५ सालसम्म काठमाण्डौ महारागन्ज क्याम्प्समा पढेर उत्तिर्ण भएको बताए । यसैगरी २०४५-२०४८ सम्म पोखरा स्थित इन्टर्नेशनल नेपाल फेलोशिप भन्ने संस्थामा जागिर गरेको सुनाए । तत्पस्चात २०५८ सालमा एम बिबिएस गर्न आफु रुस गरेको डाक्टर खनालले बताए । एकसाधारण सरकारी बिधालय पढेर रुस सम्मको यात्रा गर्नु कुनै चानचुने कुरा नभएको भन्दै आफुलाई बदनियतपूर्ण तरिकाले फसाएको बताए । एक पत्रकारले आफूलाई बिहारबाट नक्कली प्रमाण पत्र लिएको मिथ्या समाचार लेखेको बताउँदै, ‘महाराजगञ्जमा अध्ययन गरेको हुँ तर समाचारमा महाराजगन्ज काठमाण्डौंलाई बिहार बनाएको छ, आफ्नो सर्टिफिकेट देखाउदै उनले सर्टिफिकेट सार्वजनिक समेत गर्न चुनौती दिए ।
रुसमा आफु ७ बर्ष सम्म बसेर नेपाल आएर २०५५ साल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जोइन भएर मेडिकल अफिसर भएर काम गरेको सुनाए । २०५८ सालदेखी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिजी गरेको सुनाए सो समयको शिक्षक डाक्टर बिक्रम श्रेष्ठ रहेको बताए । आफुले सबै प्रकृया पुर्याएर सम्पूर्ण आबश्यक शैक्षिक प्रमाणपत्र पुर्याएर यो स्थानमा आइपुग्दा संस्थालाई बदनाम गराएर खान पल्केका हरु सल्बलाएका उनको आरोप छ । यती ठुलो कसैको लाइफ बर्बाद गर्ने सम्मको समाचार सम्प्रेशण गर्दा आफुलाई समाचार लेख्ने पत्रकारले केही नसोधेको देख्दा सरासर कसैले नियतबस लेख्न लगाएको आरोप लगाए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई लुटेर खाने तत्वहरु सल्बलाएर यस्तो गरेको बताए । अख्तियारमा परेको मुद्दाको बिषयमा पत्रकारको जिज्ञासा उनले अख्तियारमा कसैले निवेदन परेपछी आफुलाई अख्तियारले शैक्षिक प्रमाणपत्रको फोटो कपी मागेपछी आफुले सबै बुझाएको बताए ।
अख्तियारमा वेनामे उजुरीहरु पनि पर्छ, र बुझ्नको लागी पत्र पठाउछ । मलाई पनि पत्र आएपछि सबै प्रमाणपत्र स्कान गरेर पठाएको थिएँ, केही नै नभेटेपछि मुद्दा दायर गर्ने कुरा नै भएन,’ उनले भने,‘२०७७ सालको पत्र अहिले सार्वजनिक गरेर मेरो चरित्र हत्या गरेको हो ।’उनले स्पस्ट पारे । आफ्नो शैक्षिक प्रमाणपत्रहरु प्रतिष्ठानको छाप लगाएको देखिएकोले प्रतिष्ठानको प्रशासनले दिएको भन्ने लागेर आफुले यस बिषयमापनी उजुरी गरिसकेको बताए । पछील्लो समय प्रतिष्ठानमा उप कुलपती बन्ने होडमा बिभिन्न राजनीतिक दलहरुमा आस्था राख्ने डाक्टहरु राजनीतिक दलको पछी लागिरहे पनि आफु कुनै राजनीतिक दलमा आवद्द नभएको भन्दै आफु उप कुलपती बन्ने दौडमा नरहेको खनालले बताए ।