२९ औ जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र धरानले १६ जना सहिद परिवार सम्मान सहित रक्तदान कार्यक्रम गर्ने भएकोछ । सोमबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन आयोजना गरी सो बारे जानकारी गराएको हो । रक्त्तदान कार्यक्रम माओवादी धरान नगर सदस्य उद्दव लिम्बुको संयोजकत्वमा हुनेभएको छ । हरेक बर्षको फागुन १ गते जनयुद्द सुरुवात भएको दिनको सम्झना गर्दै नेकपा माओवादी केन्द्रले देसभर विविध कार्यक्रम गर्दै मनाउदै आएकोछ । फागुन १ गते मङगलबार बिहान धरान स्थित लोकतान्त्रिक चौकमा बिहान ७ बजेदेखी रक्त्तदान कार्यक्रम १६ जना शहिद परिवार सम्मान गरिने र साझमा दिप प्रज्वलन गरिने संयोजक लिम्बुले जानकारी दिए ।
जनयुद्धमा सहिद तथा बेपत्ता भएका विभिन्न स्थानबाट बसाईसरी धरान बसोबास गरि रहेका १४ शहिद परिवार र २ बेपत्ता परिवार सहित १६ परिवारलाई आर्थिक सहयोग गर्दै सम्मान पत्र सहित सम्मान गर्ने योजना रहेको नेकपा माओवादी केन्द्र धरानका कार्यबाहक सचिव खेम रणपहेलीले जानकारी दिए । १० बर्षे जनयुद्धमा सहिद भएका महान सहिदहरु यज्ञराज कार्की , लिला प्रसाद पराजुली ,दिप बहादुर बन,पर्वत राज कोईराला ,राम बहादुर रामदाम,समसि राई,मचिन्द्र लाबुङ,ईश्वर तामाङ,दिलिप राई,मोहन खनाल,सन्तोष कुमार लिम्बू,मान बहादुर लिम्बू, बेपत्ता योद्धा दिपक बिश्वकर्मा, रण शमशेर राई ( तारा) रहेका छ्न । धरानमा बसोबास गरिरहेकाका शहिद तथा बेपत्ता परिवारलाई घरमै गएर सम्मान गरिने लिम्बुले बताए । गत बर्ष झै यो बर्षको रक्त्तदानमा ५०० प्रीन्ट रगत सङकलन गर्ने योजना रहेको सचिव रणपहेलीले बताए ।