दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै चलचित्र ‘मनसरा’ पाँचथरमा मा पुगेर छायानक छायांकन एक महिनामा सकिएकोछ । गत पौष २१ गतेबाट छायांकन सुरुभएको ‘मनसरा’ को छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाले मनसराका निर्देशक हुन् । सिनेमामा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिएकिछिन । प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।
कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।