Tuesday, April 21, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

यहि बैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने
33
SHARES
Share on FacebookShare on Twitter

यहि बैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउने भएको छ । प्रतीक्षित चलचित्र ‘मालती मंगले’को गीतहरु, आधिकारिक टिजर सार्वजनिक गरिएपछि दर्शकहरुसंग प्रतिकृया लिन र दर्शकहरुलाई मनोरञ्जनात्मक कार्यक्रम मार्फत चलचित्रको प्रचार– प्रसार गर्न टिम यतिबेला कोशी पूर्वको मुख्य स्टेशन विर्तामोड,दमक र ईटहरीमा सांगेतिक कार्यक्रम सहित प्रचार–प्रसार गर्ने तयारी रहेको मिडिया कोर्डिनेटर जिवन पराजुलीले जानकारी दिए । कार्यक्रममा चलचित्रका मुख्य कलाकारहरु, विजय बराल, बर्षा राउत, मेक्सम गौडेल, गायक रामकृष्ण ढकाल र गायिका सलिना बिकले प्रस्तुती दिनेछन । कार्यक्रम ईटहरीको संगीत चौकमा बैशाख ९ गते आयोजना हुदैछ ।

गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस चलचित्रले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ। केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो।

चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। यसअघि चलचित्रको दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन्। निर्माता ढकालका अनुसार यो चलचित्र राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक नभई हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा हो।

ADVERTISEMENT

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय रहेको छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह९निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।

प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका हुन्। चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ।

 

Previous Post

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist