धरान फुटबल क्लवले आयोजना गर्दै आएको देशकै प्रतिष्ठित अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २६ ओै संस्करणको खेलतालिका सार्वजनिक भएको छ । यहि माघ २२ देखि फागुन २ गतेसम्म आयोजना हुने २६ औ संस्करणको बुढासुब्बा गोल्डकप प्रतियोगितामा पहिलो पटक १० टिम सहभागी हदैछन । प्रतियोगितामा सहभागी हुने टिमहरूमा काठमाडौका एन।आर।टि। क्लब, चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, प्लानिङ ब्वाइज युनाइटेड क्लब, रोयल थिम्पु क्लब (भुटान) जर्जियन क्लब कालेम्पुङ (भारत), एल।ए।क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, झापा–११ (झापा) र आयोजक धरान फुटबल क्लब रहेका छन् ।खेलको तालिका आज आयोजक धरान फुटवल क्लवले आफनो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार पहिलो उदघाटन खेल माघ २२ गते आयोजक धरान फुटबल क्लव र भारतीय जर्जियन क्लब कालेम्पुङ (भारत) वीच हुनेछ । दोस्रो खेल माघ २३ गते रोयल थिम्पु एफसी भुटान र झापा ११ वीच हुनेछ , तेस्रो खेल माघ २४ गते प्लानिङ ब्वाइज युनाईटेड काठमाण्डौ र न्यु रोड क्लव काठमाण्डौ वीच, माघ २५ गते नेपाल पुलिस र चर्च ब्वाईज युनाईटेड काठमाण्डौ वीच हुने छ । प्रतियोगीतामा लालिगुरास पोखरा र सातदोवाटो क्लव ललितपुरले सिधै क्वाटर फाइनल खेल्ने छन । प्रतियोगीता माघ २२ गते देखि फागुन २ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडीलाई यस वर्ष होन्डा स्कुटर प्रदान गरीने जनाएको छ । गत वर्ष नगद १ लाख प्रदान गरीदै आएकोमा यस वर्ष होण्डाको स्कुटर प्रदान गरीन लागेको हो । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ र सर्बाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा अनुमानित १ करोड ७ लाख आम्दानी हुने र ८७ लाख १५ हजार खर्च हुने अनुमान गरीएको छ । यस बर्षको प्रतियोगिताबाट २० लाख आम्दानी गर्ने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।