यहि महाशिवरात्रिको अवसर पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘शिवांश’ को पहिलो गीत बैश भुसुक्कै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द तथा राजनराज सिवाकोटीकै संगीतमा गायिका समीक्षा अधिकारी र राजनले गीतलाई गाएका छन । टिपिकल नेपाली शब्द र लोकलयको मिठास बोकेको गाउँबेसीको मौलिक भाका र शब्द संयोजनले गीतलाई ‘क्याची’ बनाएको छ ।
विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय छ । प्रेमी(प्रेमिका बीचको तारिफ, प्रेम, आकर्षण र संयोगलाई गीतको दृश्यमा आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्ममार्फत सन्तोष कुमार आत्रेयले निर्देशनमा ‘डेब्यु’ गरेका छन् ।

केही दिनअघि मात्र सार्वजनिक गरिएको टिजरले दर्शकमा कौतुहलता जगाइरहेको समयमा निर्माण पक्षले दोस्रो प्रचार सामग्रीको रूपमा फिल्मको पहिलो गीत ‘बैंश भुसुक्कै’ सार्वजनिक गरेको हो । शिवांश’को कथा यसै फिल्मका निर्माता अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको छ । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् भने कार्यकारी निर्माता शम्भु थापा हुन् ।
चलचित्रमा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारात लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देन लगायतको अभिनय रहेको छ ।
चलचित्र चौतारीले पोस्ट प्रोडक्सन सम्हालेको ‘शिवांश’को वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल ९डीसीएन० ले लिएको छ ।चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी संगीत तथा स्वर, शब्द रचना विप्लव प्रतीक र राजनराजको रहेको छ भने छायांकन सरद महतोले गरेका हुन् । द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, स्क्रिप्ट डक्टर सुलक्षण भारती र भीएफएक्स विराज खड्काको रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।