Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘खजुरे ब्रो’ मा कलाकारको खोजी, धरानमा अडिशन हुने

धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको 'खजुरे ब्रो' को लागी दुइजना मुख्य कलाकारहरुको खोजी भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० पुस २ गते १६:५७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘खजुरे ब्रो’ मा कलाकारको खोजी, धरानमा अडिशन हुने
136
SHARES
Share on FacebookShare on Twitter

धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण गर्न लागेको ‘खजुरे ब्रो’ को लागी दुइजना मुख्य कलाकारहरुको खोजी भएको छ । बिशेषगरी मंगोलियन विशेषताहरू भएको धराने वा पुर्बेली लवज भएका कलाकारहरुको खोजी भएको निर्माण टिमले जनाएकोछ । ‘खजुरी ब्रो’ का लागी धरानमा छनोट गरिने कलाकारहरु फिल्मका लागी मुख्य कलाकार हुने कार्यकारी निर्माता डाइमण्ड उप्रेतीले जानकारी दिए । उनका अनुसार कलाकारहरुको छनोट अडिशन मार्फत हुनेछ । अडिशन यही पौष ९ गतेदेखी धरानमा अडिशन हुने निर्माता उप्रेतीले जानकारी दिए । ‘खजुरे ब्रो’ एक हास्य व्यंग्य किसिमको फिल्म बन्ने निर्माता उप्रेतीको भनाइ छ । खजुरे ब्रो हल्का पारिवारिक कमेडी फिल्म हो , पैसाको लोभमा परेका युवायुवतीको कथा हो । सबै पात्रहरू पैसाको पछी लागेपछी आउने उत्तरचढाव फिल्मले बोल्नेछ । लाहुरेको शहर धरानको कथामा निर्माण हुने फिल्मले पूर्व गोर्खा ब्रिटिश आर्मी पिताले हुर्काएको छोरी गलत केटाको लागि पछी लाग्दा आउने कथा ‘खजुरे ब्रो’ ले बोल्नेछ ।

८ बर्ष अघि सिनेमा ‘षडङ्ग’को निर्देशन गरेका निर्देशक सुरज सुनुवारले ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएकाछन । फिल्मको शुक्रबार औपचारिक घोषणा गरिएको छ । फिल्म निर्माण टिमले बंगलामुखी मन्दिर पुगेर शुभसाइतसँगै निर्माण घोषणा गरेको हो । ‘खजुरे ब्रो’ को लेखक पनि निर्देशक सुनुवार नै हुन । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् ।शिशिर बिशंखेले छायांकन गर्ने सिनेमा माघ पहिलो साताबाट फ्लोरमा जानेछ ।

सिनेमाको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौंमा हुनेछ । ‘खजुरे ब्रो’को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्माता र उनीबीच बुधबार लिखित सहमति भएको जनाइएको छ । यसबाहेक फिल्ममा विल्सनविक्रम राईको समेत चर्चा छ । अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए । सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेको हुनेछन ।

ADVERTISEMENT
Previous Post

१३ के.जी अवैध गाँजा सहित १ जना पक्राउ

Next Post

सहारा नेपाल धरानद्वारा शेयर सदस्यको ऋण मिनाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist