सुनसरीको ईटहरी उप-महानगपालिका- ३ भित्री सडक खण्ड स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएको छन् । हिजो बेलुका साढे ९ बजे उत्तरबाट दक्षिणतर्फ आउदै गरेको कोशी ३१ प. ६९४८ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जादै गरेको कोशी २१ प. ६४३१ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकलमा पछाडी सवार महालक्ष्मी नगरपालिका- ८ धनकुटाका २६ बर्षीय दिपक मिरिङचिङ मगरको उपचारको क्रममा घोपा धरानमा मृत्यु भएको हो । दुर्घटनामा परि घाईते भएका ईटहरी- ३ का ३० बर्षीय सागर तामाङको सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते मोरङ सुन्दरहरैचा- ९ का १८ बर्षीय साहिम थापा मगर र ईटहरी- ४ का २० बर्षीय स्नेहा सुब्वाको ईटहरी नितान्त किल्निकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।