सफल चलचित्र पशुपती प्रशादको सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा सौगात मल्लको इन्ट्रीले अझ बढी रोचक बनाएको छ । मङगलबार रिलिज भएको ट्रेलरमा सौगातको भूमिका बढो गज्जबको देखिएको छ । पशुपती प्रशाद मा गाउ बाट शहर छिरेका एक युवकको भूमिकामा रहेका खगेन्द्र ले बागमतीमा सुन खोज्न लागी परेका थिए भने ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा सोही भूमिका जस्तो लाग्ने तर फरक समुदाय मधिसे समुदायबाट आएका युवकको भूमिकामा सौगात देखिएका छन । ७ वर्षअघि प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद’ले बिपिन कार्कीलाई भष्मे डनको परिचय दिएको थियो ।चरित्रलाई विपिन कार्कीको करियरकै ‘आइकनिक’ मानिन्छ । सिनेमाको हिरो भष्मे डन थिएन । नकारात्मक चरित्र थियो । उसको गेटअप, हिँडाई, बोलाई फरक हुँदा दर्शकले रुचाएका हुन् ।
दर्शकमाझ प्रतिक्षित रहेको सिनेमाले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, दिनेश काेइराला, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । सिनेमालाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।