सुनसरीलाई २०७९ असार ३० गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । जन्मेदेखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता गर्दै सुनसरीलाई गत बर्ष असार ३० गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । १२ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्न प्रतिबद्दता पत्रमा हस्ताक्षर गरेका थिए । पूर्ण खोप सुनिश्चिता हुनका लागि भर्खरै जन्मेदेखि ५ बर्ष मुनिका बालबालिकाले ११ वटा खोप पूरा गर्नुपर्ने प्रावधान छ । सुनसरीमा रहेका १२ पालिका मध्ये हाल सम्म ७ वटा पालिकाले मापदण्ड पुरा गरेका छन भने अव ५ वटा पालिकाहरुलाई प्रक्रिया पुरा गर्न लगाउने जिल्ला स्वास्थ्य कार्यलय प्रमुख सागर प्रसाइले जानकारी दिए ।
यसरी पूर्ण खोप सुनिश्चितता भैसकेको पालिकाहरुका वडामा रहेका जिल्ला खोप समन्वय समितीका प्रमुखको वडामा ५ बर्षमुनिका बच्चाहरुले खोप लगाए नलगाएको प्रमाणित गरेर जिल्ला स्वास्थ्य कार्यालयमा रिपोर्ट गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यलय प्रमुख सागर प्रसाइले जानकारी दिए । आइतबार प्रमुख प्रसाई सहितको टोलीले धरान उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित वगरकोटको सुकम्वासी वस्तीमा अनुगमन गरेको हो । बच्चा जन्मिएपछि ५ वर्ष उमेर सम्मका बालबालिकाले तोकेको सवै खोप पुरा गरे नगरे भनेर जनस्वास्थ्य कार्यालयले अनुगमन गरेको हो ।
धरान १५ स्थित वगरकोटको सुकुम्वासी वस्तीमा सवै घरका बालबालिकाले सरकारले तोकेको खोपको मात्र पुरा गरेको पाइएको जनस्वास्थ्य प्रमुख सागर प्रसाईले बताए । ‘यो वर्ष धरानमा वालवालिकाले खोपको मात्र पुरा गरेको छन वा छैनन् भनेर वडामा अनुगमन गर्न आएका हौ,यसै अनुगमनको आधारमा पुर्ण खोप सुनिश्च्तिता नगर भनेर घोषणा गर्ने प्रसाइको भनाइ छ । धरानको हकमा त्यस्तो समस्या नदेखिएकोले अव प्रक्रिया पुरा गरेर पुर्ण खोप सुनिश्चिता उपमहानगरपालिका घोषणा गर्ने प्रसाइको भनाइ छ ।