कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले दलित समुदायको शसक्तिकरणका लागि प्रदेशमा ऐन बनाउन जरुरी रहेको बताउनु भएको छ । आईतवार इटहरीमा प्रदेश स्तरीय सयुँक्त दलित सयँन्त्रद्धारा आयोजित दलित शसक्तीकरण बिधयेक सरकारको निती तथा कार्यक्रम र बजेट सम्बन्धी अन्तर्कृया कार्यक्रम उहाले यस्तो बताउनु भएको हो । प्रमुख अतिथि खापुङ्गले दलित समुदायको समस्या दलितहरुको मात्र नभएर अव राज्यका अंगहरु लाग्न आवश्यक रहेको बताउनु भयो । दलित समुदायहरु ऐतिहासिक काल देखि उत्पीडनमा परेको हुदा अव राज्यका सवै निकायहरु संघीय सरकार प्रदेश सरकार तथा स्थानीय तहले दलित समुदायको विकासमा ध्यान जान आावश्यक भएको बताउनु भयो । सरकारले प्रस्तुत गर्ने कार्यक्रममा अव आफनो पनि ध्यान जाने बताउदै दलित शसशक्तिकरण ऐन बनाउन अव आफनो पनि चासोको विषय भएको स्पष्ट पार्नू भएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका दलित अगुवा हरुको उपस्थिती रहेको थियो । कार्यक्रमका अतिथिहरु प्रदेश सभा सदस्य मा. सपना परियार, जिल्ला समन्वय समिति प्रमुख उदयपुरका गौराज विश्वकर्मा, जिल्ला समन्वय समिति इलाम उप प्रमुख चित्रकला वराइली, पुर्व प्रदेश सभा सदस्य उमीता वराइली, नेपाल दलित मुक्ति मोर्चा का केन्द्रीय उपाध्यक्ष दिपेश ल्वागुन, राष्ट्रिय स्वतन्तत्र पार्टीकी प्रदेश सदस्य द्धय दुर्गा रसाइली, शम्झना खाती, नेपाल दलित मुक्ति संगठनका केन्दीय उपाध्यक्ष श्याम ल्वागुन, नेकपा क्रान्तीकारी का प्रदेश सदस्य गोपाल दर्नाल, नेपाल दलित संघका कोशी प्रदेश सभापति गोविन्द दर्नाल, मुक्ति समाज की केन्द्रीय सदस्य पार्वता वराइली मुक्ति संगठनका प्रदेश अध्यक्ष कृण्ण रसाइली, दलित अभियानका राम प्रसाद वि.क आदि दलि अगुवा नेताहरुले कार्यक्रममा दलित विद्ययकको बारेमा चर्चा गर्नु भएको थियो।
प्रदेश स्तरीय दलित सयन्त्रका संयोजक गोपाल लकान्द्री को अध्यक्षतामा सम्पन्न कार्यक्रम का सहजीकरण दलित अधिकारकर्मी भविन्द्र वि.क र अमर बराइलीले गर्नु भएको थियो । कोशी प्रदेश सरकारले दलित समुदायको विकासमा संवेदनशिल नभएको भन्दै अधिकारकर्मीहरुले सरकार तथा राजनैतिक दल प्रति रोष प्रकट गरेका थिए भने दलित अधिकार स्थापनाका लागि ऐन तत्काल बनाई लागु गर्न तथा संविधानमा भएका दलित मैत्री व्यवस्थाहरुको कार्यान्वयनमा सरकार लगायत राजनैतिक दल सचेत हुनु पर्ने कुरामा जोड दिएका थिए । नयाँ आर्थिक बर्ष २०८० – ८१ लागे संगै सरकारले अगामी बर्षको लागी तयार गर्ने निती तथा कार्यक्रमको लागी दलित समुदायको शसक्तिकरणका लागी आफ्नो मागहरु सम्बोधन गराउने योजना अनुरप कार्यक्रम आयोजना गरिएको अन्तर्कृया कार्यक्रमका शाहअजकर्ता भविन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।