झापा गाउँपालिका–४ का अमालाे मियाँकाे गाेठमा बाँधी राखेका २ वटा राँगा चाेरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेकाे हाे । गएकाे २६ गते राति साढे ११ बजे चाेरी भएकाे थियाे । त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गाेदा नाम गरेका तीन जना व्यक्ति फरार रहेकाे र खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।