प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादीका संघिय परिषद अध्यक्ष अशोक कुमार राई बिजयी भएकाछन । २०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राई २०५६ र २०६४ मा उदयपुर क्षेत्र नम्बर १ बाट चुनाव हारेका राई २०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट एमालेका जय राई सँग भारी मत अन्तरले पराजित भएका थिए। यसपटक भने नेकपा एमालेको तालमेलमा राई राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले बिजयी भएकाहुन । राईले १७ हजार ५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भएकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।