भारतको गुजरात राज्यमा १ सय ४० बर्ष पुरानो पुल भात्किदा ७८ जनाको मृत्यु भएकोछ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खाेलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ ।पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ ।पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो ।