नेपाल टेलिभिजनबाट प्रसारण भएको चर्चित गायन रियालिटी सो वाइवाइ नेपाल स्टारको उप विजेता धरानका सन्देश बम्जम लामा इमेज च्यानल HD बाट प्रसारण भई रहेको नेपालकै चर्चित ‘रियलिटि शो नेपाल सिङ्गिङ सुपर स्टारमा पनि बिजेता बन्नलाई लागी परेकाछन । सिङ्गिङ सुपर स्टारको मन्चमा लगातार धमाका मच्चाइरहेका धरानका सन्देश बम्जन लामालाई स्टार बनाउन फेरी पनि धरानेहरु पुन जुट्नेभएका छन । शनिबार धरानमा पत्रकार सम्मेलन आयोजनागरी लामालाई जिताउनका लागि धरानमा भोटीङ अभियान सञ्चालन गरिने जानकारी गराइेकोछ । धरान वडा नं ३ स्थित भानु स्मृति बिद्यालयमा स्वागत सम्मान तथा शुभकामना आदान प्रदान र पत्रकार सम्मेलनको आयोजना गरी लामालाई जिताउन वडाबासीका साथै सबै धरानेहरुले सो अभियानमा सहभागी हुने बताए ।
पत्रकार सम्मेलनमा वडा नं ३ का अध्यक्ष बिद्या शाक्यले सन्देश आफनो वडाका छोरा भतिजो हुनुको साथै धरानको गहना तथा सम्पती पनि भएकोले उनलाई जिताउन वडा कार्यलयले हरेक तवरबाट सहयोग गर्नै प्रत्तिबद्दत्ता जनाए । लामालाई जिताऊन उनका बुबा पशुपति तामाङले भोटको अपिल गरेसंगै वडा अध्यक्ष शाक्य तथा धरानका माओवादी केन्द्रका नेता तथा संघीय सांसद उम्मेद्धबार मुक्साहाङ मेन्याङवो मुकेश, एमाले नेता तथा प्रदेश १ क तर्फका उम्मेद्धबार रमेश बस्नेत लगायतका बिभिन्न राजनितिक दलका नेताहरुले समेत साथ सर्मथन तथा भोटको अपिल गरे । पत्रकार सम्मेलनमा सामाजिक संस्थाहरुहरुका प्रतिनिधिहरु पत्रकार, शिक्षण संस्थाहरु तथा देश विदेशबाट समर्थन र सहयोग मिलिरहेको र उक्त अभियानलाई थप अगाडी बढाउन सबैको साथ सहयोग रहेको बताए ।
नेपाल सिङ्गिङ्ग सुपर स्टारको फाइनल चरणमा पुग्न सफल सन्देश बम्जन लामाले भोटिङ गर्न अपिल गरेका छ्न।
धरानमा जन्म भई धरानलाई नै आफ्नो कर्म थलो बनाएर सानै देखि एकलव्य छाटमा अर्जुन दृष्टि लगाएर नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर साधना गर्दै आएका छन ।प्रत्येक हप्ता आइतबार र सोमबार बेलुकी ८:०० बजे इमेज च्यानल HD बाट प्रसारण भई रहेको नेपाल सिङ्गिङ सुपर स्टारको फाइनल चरणमा पुग्न सफल भएका बम्जनले भोटिङ गर्न अपिल गर्दै भोटिङ प्रक्रिया कात्तिक १२ गते देखि १९ गते साझ ५ बजे चली रहेको जानकारी दिएका छ्न । सन्देश बम्जन लामालाई विजयी गराउनका लागि नेपाल रहनु हुने सम्पूर्ण नेपाली आमा बुवा,दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नो मोबाईलको प्लेस्टोरमा गएर OSR App डाउनलोड गरेर भोट दिन पाईनेछ भने बिदेशमा रहनु हुने महानुभावहरुले खल्ती एप्सबाट साथै https://www.osrconnect.com/ मार्फत पनि आफ्नो अमुल्य भोट गर्न सकिने सम्पूर्ण उपस्थित महानुभावहरुमा अनुरोध गर्नुका साथै जानकारी गराएका छ्न