भारतको पश्चिमी राज्य गुजरातमा अविरल वर्षाका क्रममा चट्याङ लागेर कम्तीमा २४ जनाको मृत्यु, २३ जना घाइते भएकाछन । चट्याङ लागेर ७१ जनावरहरू मारिएका छन् भने २९ घरहरू क्षतिग्रस्त भएको राज्य आपतकालीन सञ्चालन केन्द्रले बताएको छ । सबैभन्दा बढी मृत्यु दाहोद जिल्लामा भएको छ जहाँ आइतबार चार जनाको मृत्यु भएको छ, त्यसपछि बनासकांठा र भरुचमा तीन र तापी जिल्लामा दुई जनाको मृत्यु भएको छ। सोमबारसम्म मेघगर्जन र असिनासहितको भारी वर्षा जारी रह्यो भने केही स्थानमा २४ घण्टामा १४४ मिलिमिटरसम्म वर्षा भएको राज्य सरकारको तथ्यांकले देखाएको छ । उत्तरपूर्वी अरब सागर र छेउछाउको सौराष्ट्र र कच्छ क्षेत्रहरूमा रहेको चक्रवाती परिसंचरणले गुजरात राज्यमा भारी वर्षा भएको भारत मौसम विभाग (आईएमडी) ले जानकारी दिएकोछ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।