केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए ।सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ ।