भैसी सँग मोटर साइकल ठोकिदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ ।झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो । तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।