भारतको आन्ध्र प्रदेशको अलामान्डा र कान्तकापल्ले शहरमा दुईवटा रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । ठोकिदा बीचको रेल पटरीबाट खसेको थियो। अधिकारीहरुका अनुसार एउटा यात्रुवाहक रेलले सिग्नल ओभरसट गरेपछि दुर्घटना भएको हो ।दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आन्ध्र प्रदेशमा भएको रेल दुर्घटनामा परी ज्यान गुमाएका प्रत्येक परिवारलाई प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। भिजियानगरम जिल्लामा उद्धार कार्य जारी रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन ।