नेपालको छिमेकी राष्ट्र चीनले आफ्नो आधिकारिक प्रशासनिक नक्साको नयाँ संस्करण जारी गरेको छ । सार्वजनिक नक्सामा भारतको अरुणाचल प्रदेश, अक्साई चीन, ताइवान र साउथ चाइना सीलाई आफ्नो क्षेत्रमा देखाउँदै नयाँ नक्सा जारी गरेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सले ट्वीट गर्दै चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सिमाना कोर्ने विधिको आधारमा नक्सा तयार गरिएको जनाएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा मान्छ । चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । भारतले अरुणाचल प्रदेश सधैँ भारतको अभिन्न अङ्ग रहेको र सधैँ रहने बताएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।