लामो समय अमेरिका बसाइ पछी नेपाल फकिएर निर्मल शर्माको ‘ब्रास्लेट’ बाट नेपाली चलचित्र कमब्याक गरेका चर्चित नायक रमेश उप्रेती ‘ऐश्वर्य’ पछी अर्को फिल्म ‘व्हाइट हाउस’ बाट अभिनय यात्रालाई निरन्तरता दिने भएका छन । सबिन कुमार तोलाङ्गीको निर्देशनमा निर्माण हुने ‘ह्वाइट हाउस’मा नायिका आँचल शर्मा र गरिमा शर्मा देखिनेछन । आचल र निर्माण टिमबीच सोमबार लिखित सम्झौता भएको छ् । अहिले निर्माण टिम अर्को एक मुख्य अभिनेताको खोजी गरिरहेको छ । यश बहादुर गुरुङ र माधव गहतराजले निर्माण गर्ने व्हाइट हाउसलाई चर्चित सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले खिच्ने छन । फिल्ममा अर्जुन पोखरेलको संगीत रहने निर्देशक तोलाङ्गीले जानकारी दिए ।
सिनेमाको कलाकार छनोटसँगै निर्देशक तोलाङ्गीको सिनेमाको कथालाई पटकथा तथा संवादमा ढालिरहेका छन् । धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको सिनेमाको तिहारपछि अष्ट्रेलियाबाट छायांकन सुरु गरिनेछ । हाललाई वर्किङ टाइटल ‘ह्वाइट हाउस’ राखिएपनि अन्तिममा नाम ‘राज महल’ हुन सक्ने निर्देशक सबिन बताउँछन् । प्रि-प्रोडक्सनको काम भैरहेको सिनेमाको तिहारपछि अष्ट्रेलियाबाट छायांकन सुरु गरिनेछ । हाललाई वर्किङ टाइटल ‘ह्वाइट हाउस’ राखिएपनि अन्तिममा नाम ‘राज महल’ हुन सक्ने निर्देशक सबिनले बताए ।