पाकिस्तानको एक मस्जिदमा प्रार्थनाको समय भएको शक्तिशाली बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५९ जना पुगेको छ । घटनामा १ सय ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
गएको नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले यो विस्फोट गराएको जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरी उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताएका छन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।