धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ( हर्क साम्पाङ) पनि धरान बजार क्षेत्रमा पर्ने ६ लेन सडक बाइपास गरेर ७२ फिट बनाउने पक्षमा देखिएकाछन । कोशी राजमार्गको रानी विराटनगर, इटहरी धरान सडक आयोजना अन्तर्गतको ६ लेन सडक धरानको बजार क्षेत्र कति मापदण्डमा विस्तार हुन्छ भन्ने चर्चा चलिरहेको बेला साम्पाङले भने यस्तो प्रतिकृया दिएकाछन । केही दिनअघि उपमहानगरपालिका परिसरमा सरोकारवाला स्थानीय घरजग्गाधनीहरुसँग सर्वपक्षीय छलफलसमेत भएको थियो । धरान बजार क्षेत्रका स्थानियले सडक बाइपास गर्नुपर्ने र घरजग्गा रोक्का फुकुवा गर्नुपर्ने माग राख्दै आएपनी पनि धरान उपमहानगरपालिकाले आफ्नो आधिकारिक धारणा दिएको थिएन । मेयर साम्पाङले भने यस्तो धारणा राखेका हुन । ६ लेन सडकलाई ७२ फिटसम्मको बनाउन सकिने , ७२ फिट विस्तार गरेपछि बाहेकको घरजग्गा फुकुवा गर्न सबैले पहल गर्नुपर्नेमा साम्पाङको जोड थियो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।