लोकतान्त्रिक बाम गठबन्धनको धरान १२ चुनाव प्रचाप्रसारका लागी संपर्क कार्यलयको उदघाटन भएकोछ । प्रतिनिधि सभाका उम्मेवार मुक्सामहाङ मेन्याङ्बो मुकेश, प्रदेश सभाको उम्मेवार उमेश थापा र समानुपातिकका उम्मेदवार गोबिन्द विश्वकर्माले रिवन काटेर संयुक्त्तरुपमा उदघाटन गरेकाहुन । सुनसरी क्षेत्र १ क र ख का बिभिन्न नगरका वडामा संपर्क कार्यालय खोलिसके पछी अब चुनावी अभियान घर दैलोमा जाने कार्यक्रम रफ्तारमा लाने निर्वाचन परिचालन कमिटिले जनाएकोछ ।
गठबन्धनका उम्मेदवार जिताउन तिनै पार्टी नेपाली काङग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका नेता तथा कार्यकर्ता हरु यतिबेला कम्मर कसेर लागेकाछन । निर्वाचन आयोगले आज बाट घरदैलो नारा जुलुस गर्न दिए संगै प्रचार प्रसारको कामलाई तिव्र गतीमा अगाडी बढाइने भएकोछ ।