नायिका प्रियंका कार्की ले परिवारमा आएको उताचढाब आफ्नै कारण भएको स्विकारेकी छिन । उनले रियल लाइफमा नभएर रिल लाइफ मा भनेको हुन । शुक्रबार बाट रिलिज भएको सामाजिक नेपाली चलचित्र ‘फुलबारी’ को परिवारमा आएको उत्तरचढाव आफ्नै कारण भएको खुलाएकिछिन । बिहीवार काठमाण्डौमा फिल्म को ग्राण्ड प्रिमिएर गरिएको थियो । प्रिमिएर हेर्ने कलाकारहरुले फिल्म राम्रो बनेको प्रतिकृया दिए । सिनेमा हेर्ने जतिले यसलाई वर्षकै उत्कृष्ट मध्येको एक भनेका छन् । प्रिमियरपछि सिनेकर्मी र पत्रकारले उत्कृष्ट सिनेमा हेर्न पाएको प्रतिक्रियाहरु सामाजिक संजालमा पोस्ट गरेका छन् ।
पारिवारिक कथामा निर्माण भएको सिनेमामा चर्चित कलाकारहरुले अभिनय गरेका छन् । विपिन कार्की र अरुणा कार्कीले मुख्य भूमिका निर्वाह गरेको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतको अभिनय देख्न सकिनेछ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको सिनेमाले बिहिबार बेलुका सम्पन्न प्रिमियरमा उम्दा प्रतिक्रिया पाएको छ । सिनेमा हेर्ने जतिले यसलाई वर्षकै उत्कृष्ट मध्येको एक भनेका छन् । कमल किशोर मालपानीको कथा र कन्सेप्ट रहेको फिल्मलाई उपेन्द्र सुब्बाले लेखेका छन्।मनिष ढकाल निर्माता रहेको फिल्ममा मनिराम पोख्रेल कार्यकारी निर्माताको रुपमा रहेका छन्।