अगामी फागुन ११ गते देखी २० गते सम्म धरानमा आयोजना हुन लागिरहेको ‘धरान एक्स्पो – २०७९’ ह्याङ्गर डमी भित्र गरिने भएकोछ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागिरहेको एक्स्पो धरानकै ईतिहासमा पहिलोपटक काठमाण्डौ व्यवस्थित रुपमा संचालन गर्न को लागी ह्याङ्गर डमी प्रयोग गर्न लागिएको स्टल व्यवस्थापना संयोजक बिष्णु बरालले जानकारी दिए । एक्स्पोका लागि रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई आयोजकले तीव्रता दिएका छन् । बिगतका दिनहरुमा कपडाको स्टलहरु बनाउदा हावा हुरी झरी बादलले गर्दा व्यापारीहरुको धेरै क्षति भएको हुनाले ह्याङ्गर डमी रु १७ लाख खर्चिएर काठमाण्डौ बाट ल्याएर एक्स्पोलाई व्यबस्थित बनाउन लागेको बरालले जानकारी दिए ।
बिगत दिनहरुमा धेरै मेला उत्सव भए तर यस बर्षको एक्स्पो चाँही कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । संघले बिगत ३ बर्ष अघी देखी धरानमा एक्स्पो गर्ने प्रयास गर्दै आए पनि बिभिन्न परिस्थितीका कारण आयोजना हुन नसकेकोमा यस बर्षभने पूर्ण तयारीका साथ आयोजना गर्ने लागिएको श्रेष्ठले बताए । दैनिक ३० हजार मनिसले अवलोकन गरिने अपेक्षा गरिएको एक्स्पोमा १० करोड कारोबारको अपेक्षा रहेको श्रेष्ठले बताए ।
मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएको एक्स्पो संयोजक गोपाल श्रेष्ठले बताए । नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय १३ स्टलले आ-आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्नेछन् ।प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने एक्स्पोमा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र सांघाईलगायत अतिथिको उपस्थिति रहनेछ ।