सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित चतरा नहरमा नेपालमै पहिलोपटक स्टोन स्किपिङ प्रतियोगीताहुने भएको छ । महिला र पुरुष समूहमा आयोजना गरिने प्रतियोगिता कार्तिक २८ गते भाइटिकाको अघिल्लो दिन आयोजना गरिने भएको हो। धरानमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोजक चतरा हाइकिङ समूहले प्रतियोगिताबारे जानकारी गराएको हो ।युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नारा लिएर सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ (Stone Skipping/Skimming) खेल आयोजना हुने आयोजक चतरा हाइकिङ समुहले जनाएको छ । भाईटिकाको अघिल्लो दिन, गोबर्धन पुजाको दिन बिहान ११ बजेबाट यो खेलको सुरुवात हुनेछ। सबैले सहभागी जनाउन सकिने उक्त खेलमा सहभागि हुन खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको आयोजकले जनाएकोछ । नेपालकै सबैभन्दा ठुलो चतरा नहरमा यो खेल आयोजना हुदैछ। यो खेल सामान्यतया नदि, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुईकियाएर यो खेल खेलिन्छ। जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रीन्छ त्यसको गणना गर्ने गरिन्छ।
यसपटक खेल महिलातर्फ र पुरुष तर्फ गरेर खेलाईनेछ। पहिलोपटक भएकोले पुरस्कार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो गरि क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार संगै मेडल र प्रमाणपत्र पनि बितरण गरिनेछ । नेपालकै ठूलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ।जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ। आयोजक संस्थाक सदस्य युवराज भट्टराईले भने । यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने आयोजकले जनाएको छ। प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुने आयोजकको दाबी छ।गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन्।