अगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागी बिभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु यतीबेला घरदैलोमा जनता भेट्दै आफुलाई मतदान गर्न आग्रह गर्दै सुनसरी क्षेत्र नम्बर १ धरान , बराह क्षेत्र र रामधुनिका टोल टोलमा पुगिरहेका छन । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु प्रतिनिधि सभा सदस्य मुक्साहाङ मेन्याङ्बो मुकेश , प्रदेश सभा सदस्य उमेश थापा र प्रदेश सभा सदस्य (ख) बाट रेवती रमण राइ यतिबेला मतदाता रिझाउन लाई घरदैलो अभियान चलिरहेको छ ।
लोकतान्त्रीक वाम गठबन्धनको घर दैलो कार्यक्रम उम्मेदवारको आफ्नै वडा धरान १५ को बिभिन्न चोक र घर घरमा पुगेर भोट् गरिदिन आग्रह आएकोछ । उम्मेदवारहरु १५ का जनताका साथमा पुग्दा बाल बालिका देखी वृद्धहरुले उम्मेदवारहरुलाई फुलमालाले स्वागत गरेका थिए । घरदैलो कार्यक्रममा जनताहरुले लोकतान्त्रिक बाम गठबन्धन लाई जिताउन आफुहरु तयार भएको आश्वासन दिएकाछन ।