लंका फिल्मस को ब्यानरमा निर्माण भएको चलचित्र ‘चोर पुलिस’ को ट्रेलर रिलिज भएकोछ । म्युजिक नेपालको युट्युब च्यानल बाट ट्रेलर रिलिज भएको हो । आर एल लामा मोक्तानको कथा , कन्सेप्ट र निर्देशन् रहेको ‘चोर पुलिस’ मा पुराना चर्चित नायक धिरेन शाक्य र चर्चित खलनायक राजेन्द्र खडगी देखी अहिलेका चर्चित हैट भनेर चिनिने बुद्दी तामाङको अभिनय रहेकोछ । कमेडी , रोमान्स र फाइटले भरिएको ‘चोर पुलिस’ पुराना चर्चित कलाकारहरुको अभिनय छ ।
फिल्ममा सुशिल पोखरेल , स्व जयनन्द लामा, कबिता राय, जय किशन् बस्नेत, सोबित बस्नेत, जहन्वी बस्नेत, रबी गिरी, अर्जुन गुरुङ, R.L Lama Moktan, शारादा गिरी (Kali Budi), रामचन्द्र अधिकारि, सुरबिर पन्डित, सुबाश गजुरेल, रेशम फिरिरी, सुलेमान शंकर(इकु), रश्मी भट्ट , मदन ताम्रकार् करण बहादुर बिष्टको अभिनय रहेकोछ ।फिल्म यही यही कार्तिक २५ गते देखी नेपालभर रिलिज हुनेभएकोछ ।