धरान १३ अमर हाटमा नेकपा एमाले– जनता समाजवादी पार्टीको तालमेलका उम्मेदवारहरुले जनताले दिएको शक्ति जनतामै अर्पण गर्ने बताएका छन । संस्कृति भाषाको उक्ति सुनाउँदै उम्मेदवार राईले जनताले दिएको जनमतलाई जनतामै समर्पण गर्ने बताउदै घरदैलो कार्यक्रममा जनतासँग अभिमत मागेका छन् । उम्मेदवारले जनताको अभिमत एमाले–जसपा समीकरणलाई प्रदान गर्न आग्रह गर्दै विकास, समृद्धि र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाए ।
निर्वाचन क्षेत्र र जनताको सुदृढीकरण, संरक्षण, सम्वद्र्धन देशको हित, जनताको हित समृद्धि र सुखका लागि काम गर्ने सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट एमाले जसपा समीकरणका उम्मेदवार अशोककुमार राईले प्रतिबद्धता व्यक्त गरे । ‘समृद्ध नेपाल, सुखी नेपालीको नारालाई कार्यान्वयन गर्ने र त्यसलाई पूर्णता दिने र अगाडि बढाउने अवसर दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ धरान १३ अमरहाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार राईले भने, ‘दाजु भाइ तथा दिदी बहिनीहरु यी उम्मेदवार के हुन्, कस्ता हुन् भनेर विल्कुलै चिन्ता नगरे हुन्छ’ भनी विश्वाशको मत दिन आग्रह गर्नु भयो ।