चर्चित नायक कलाकार सिमान्त उदास प्रतिनिधि सभा सदस्य सुनसरी क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङबोको चुनावी अभियानमा देखिएकाछन । अगामी मंसिर ४ गतेको निर्वाचनको सरगर्मी बढे सङ्गै गठबन्धन दल र बिभिन्न दल र स्वतन्त्र उम्मेदवारहरु यतिबेला मत माग्नलाई जनताका घर दैलोमा पुगिरहेकाछन ।सुनसरी क्षेत्र नं १ मा पनि चुनावी अभियान निकै तिव्र गतीमा अगाडी बढीरहेकोछ । यस क्षेत्रका २७ वटै वडाहरुमा विहानै देखि साझा सम्म घरदैलोमा आउने उम्मेदवारहरुको रमितानै रहेको छ । उम्मेदवारहरुले जनताको घर घरमा पुगेर सपना अश्वासन बाढिरहेकाछन । यस्तै घरदैलोकै क्रममा बिभिन्न नेपाली चलचित्रका एकजमानाका चर्चित नायक सिमान्त उदास पनि घरदैलोमा देखिएकाछन ।
आज उदास फुलको गुच्छा लिएर चुनाव चिन्ह खरायो लिएर चुनावी मैदानमा उत्रनु भएका धरानका पुर्व मेयर मनोज कुमार मेन्याइंबोलाई भेट्न धरान आईपुगेका छन । उदासले घर दैलोमा अभियानमा रहेका मेन्याङ्बोलाई भेटेर जितको शुभकामना दिएकाछन । उनी आज करिब दिनको २ः३० बजे धरानको रत्न चौकमा कोण शभामै गएर फुलको गुच्छा दिएकाहुन । मनोज मेन्याङ्बोको नाम धेरै पहिले देखि मैले नाम सुनेको र आफु सुटिङको क्रममा धेरै पल्ट धरान आवत जावत गर्दा यहाँको बिकासमा उहाले गरेको योगदानको राम्रो रहेकोले उहालै भेट्न आएको उदासले बताए । बिशेषगरी बिकासको लागि धरानमा जनसहभागीताको सुरुवात गरेको कुराबारे आफु जानकार रहेको बताए । धरान र सुनसरी क्षेत्र नम्बर १ लाई मनोज मेन्याङ्बो जस्तो नेताको आबश्यक रहेको उनले बताए ।