‘पोइ पर्यो काले’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’ लगायतका सफल चलचित्र निर्माण गरेका निर्माता तथा कलाकार किरण नेपालीको अर्को चलचित्र ‘कल्ली’ मा स्टार कास्ट मजबुत बन्दै गएको छ । बुलाकी निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्न लागेका ‘कल्ली’ को पटकथा तथा संवाद महेश दवाडीको लेखेका हुन् । किरणको हरेक जसो चलचित्रमा अटाएका सौगात यो चलचित्रमा पनि रहेका छन ।
यस अघी पल शाह अनुबन्ध भएका ‘कल्ली’ बाट पल बाहिरिए संगै अब सौगात संगै मुख्य भूमिकामा अर्पण थापा, बुद्धि तामाङ र कमलमणि नेपाललाई अनुबन्धित गरिएको निर्देशक लक्ष्मण सुनारले जानकारी दिए । पौराणिक कथामा बन्न लागेको चलचित्र रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने छ । कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा छायांकन गरिने चलचित्रको छायांकन तिहार पछी सुरु हुनेछ । चलचित्रको प्रदर्शन आगामी चैत्र २९ गतेलाई घोषणा भइसकेको छ ।