बाइक स्कुटी जस्ता दुई पाङग्रे सवारी साधानमा बाल-बालिकालाई नचढाउन ट्राफिक प्रहरीले अनुरोध गरेकोछ । दुईपांग्रे सवारी साधनमा साना बाल–बालिकाका लाई असुरक्षित तवरले नचढाउन सम्बन्धित चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । तीव्र गतिमा गुडेका दुईपांग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरु उल्लेखित रुपमा दुर्घटनाको शिकार हुने क्रम बढ्दो रुपमा रहेकाले दुर्घटना न्युनीकरणका लागि अनुरोध गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले बताएकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।